parwat hotel
Citizan

मकै उत्पादनलाई प्रबद्र्धन गर्न आलितालका किसानलाई अनुदानमा कृषि सामाग्री सहयोग

bhageswar small
alital janahit
lali

आलिताल असार १७
डडेल्धुराको आलितालमा मकै उत्पादन गर्ने किसानलाई कृषि यान्त्रीकरण सामाग्री हस्तान्तरण गरिएको छ । मकै प्रबद्र्धन कार्यक्रम अन्तर्गत आलिताल गाउंपाकिा वडा न. ५ का मकै उत्पादन गर्ने किसानहरुलाई ७ एपीको मिनिटिलर १७ थान , त्रिपाल २०० थान पंखा २० वटा , कर्न सेलर जस्ता कृषि सामाग्री पचास प्रतिशत अनुदानमा बितरण गरिएको हो ।
आलिताल गाउंपाकिाको पचास प्रतिशत अनुदान र किसानको पचास प्रतिशत लगानीमा खरिद गरिएको सामाग्री वडा न.५ भित्रिसैनमा रहेको भगवति कृषक समुह ५ न. वडा कै सुन्दरनगर कृषक समुह , बाहिरीसैनमा रहेको बरपिपल कृषक समुह र बास कृषक समूहका किसानलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रमको आजै सर्वजनिक सुनुवाइ समेत गरिएको छ । बरपिपल कृषक समुहका सचिव कृष्ण दत्त जोशिको अध्यक्षतामा र सामाजिक तथा आर्थिक समितिका सयोजक तथा वडा न। ८ का अध्यक्ष धन बहादुर देउवाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा न.५ का अध्यक्ष डम्मर बहादुर ढांट ,कार्यपालिका सदस्य कलावती नाथ लगाएतको उपस्थिती रहेको थियो । उक्त क्षेत्रमा बार्षिक पचास टन भन्दा बढी मकै उत्पादन हुने गर्दछ । यहांका किसानले प्राय जसो रामपुर कम्पोजिट र अरुण २ जातको मकैको खेति गर्ने गर्दछन् । यसरी मकै प्रबद्र्धन गर्न पालिकाको सहयोग पश्चात मकै उत्पादनमा सहज तथा उत्पादनमा बृद्धि हुनेमा अपेक्षा गरिएको देउबाले बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.