खै स्थानीय सरकारको ब्यबस्था,बाटोमै बच्चा जन्माउनु पर्ने कस्तो अवस्था ?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : स्थानिय सरकारको संरचना लागू भएको पनि ६ बर्ष पुगि सक्यो । ६ बर्ष पुगि सक्दा पनि स्थानिय सरकारले आफ्नो गर्नु पर्ने दायित्व भने पूरा नगरेको देखिन्छ । पाँच पटक प्रधानमन्त्री भएका पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको परशुराममा एक महिलाले बीच बाटोमै शिशुलाई जन्मदिन बाध्य छन्। सडक र अस्पतालको पहुँच ग्रामीण भेगसम्म नहुनुले यहाँका महिला बाटोमै शिशुलाई जन्मदिन बाध्य भएका हुन्।

Dadeldhura Hospital

मंगलबार बेलुकी परशुराम नगरपालिका-८ जमरानीकी मिना लुहारलाई प्रसव पीडा सुरु भयो। प्रसव पीडा सुरु भएपछि उहाँलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लागि लागिएको थियो।
तर, अस्पताल नपुग्दै उहाँले बाटोमै शिशुलाई जन्माएको स्थानीयले भुपेन्द्र धामीले बताउनु भयो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

लुहारलाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको उहाँको भनाइ छ।
उहाँका अनुसार अस्पताल लग्दालग्दै मिनाले लामिगडाको जङ्गलमा राति करिब १० बजे शिशुलाई जन्म दिनुभएको हो।

धामीले आक्रोश पोख्दै सामाजिक संजालमा प्रश्न सोध्नु भएको ‘हेल्लो युवा वैज्ञानिक मेयर साप ! अस्ति तपाईंको पहलमा मात्रै आएको एम्बुलेन्स कता थन्काउनु भएको छ ? सडकको सुविधा कहिले हुन्छ ? सडक नै नबनाएर एम्बुलेन्स के-का लागि ल्याउनुभएको हो ? एक जना कार्यकर्ता भर्तीका लागि ?’ के यस्तै हो त हामीले चाहेको संघीयता सबैको प्रश्नको बिषय बनेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.