parwat hotel
Citizan

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

Chure

श्रावण ५ – दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो ।

lali

मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी पाँच वर्षीया छोरी सपना खप्तडी र सोही ठाउँकी लीला खप्तडीकी आठ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

glam &
Citizan
alitalnewyear2081

शुक्रबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी–३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए। दुवै बालिकाको दुल्लु अस्पतालमा शव परीक्षण गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.