parwat hotel
Citizan

जुम्लामा अज्ञात समूहद्वारा ७ घर र एक ट्याक्टरमा आगजनी

bhageswar small
alital janahit

६ साउन, । अज्ञात समूहले जुम्लाको गुठीचौरका ७ वटा घरमा आगजनी गरेको छ ।

गुठीचौर गाउँपालिका ४ मा रहेका सात घर र एक ट्याक्टरमा अज्ञात समूहले शुक्रबार राति आगजनी भएको जुम्ला प्रहरीले जनाएको छ ।

glam &
Citizan
lali

आगजनी कसले र किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुुख डीएसपी प्रहृलाद न्यौपानेले बताए ।

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहले आगजानी गरेको हो ।

गुठीचौरकै धिता र देपाल गाउँमा पनि आगजानी भएको बताइएको छ । उक्त अज्ञात समूहले शुक्रबार राति ११ देखि १ बजेको बीचमा आगजानी गरेको प्रहरीले जनाएको छ । उक्त समूहले सडकमा रोकिराखिएको एउटा ट्याक्टरमा समेत आगजानी गरेको छ । आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् ।

उक्त घटनाबाट कुनै मानवीय क्षति नभए पनि घरका झ्याल, ढोका र गोठहरु जलेको प्रहरीले बताएको छ । ‘आगलागी के कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट इन्सपेक्टरको नेतृत्वमा प्रहरीको टोली खटाएको थियो।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.