अछाम । अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना भएको छ । ट्रयाक्टर दुर्घटनामा एक जनाले घटनास्थलमै ज्यान गुमाएका छन् ।
आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जादै गरेको ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने १८ जना गम्भीर घाइते भएका छ्न् ।