आलिताल–७ मा रहेको महादेव माविले कक्षा ११ को पढाई सञ्चालन गर्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीमा रहेको महादेव माध्यमिक विद्यालयले कक्षा ११ सञ्चालन गर्ने भएको छ।

आलिताल गाँउकार्यपालिकाको बैठकको निर्णयअनुसार विद्यालयलाई शैक्षिक सत्र २०८० देखि ११ कक्षा सञ्चालनको अनुमति दिए संगै विद्यालयले कक्षा ११ को पढाई संचालन गर्न लागेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

विद्यालयका प्रधानाध्यापक दिलबहादुर पार्कीका अनुसार महादेव माविबाट एसईई पास भएका विद्यार्थीले यहाँ कक्षा ११ को पढाइ नहुँदा टाढा–टाढा गएर पढ्नुपर्ने बाध्यता रहेको थियो।

विद्यालयले ११ कक्षा पढाइको अनुमति पाएपछि अभिभावक र विद्यार्थीहरू निकै हर्षित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर धामीले बताए। यहाँबाट एसईई पास भएपछि दुर्गा मावि डोलाका साथै घरेलु, जोगबुडा र बुडरसम्म विद्यार्थीहरू पढ्न जाने गर्दथेँ।

Dadeldhura Hospital

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले विद्यालय टाढा भएकै कारण बीचमै पढाइ छाड्नुपर्ने बाध्यता पनि थियो। अब त्यो बाध्यता हट्ने अध्यक्ष धामीको विश्वास छ। विद्यालयले कक्षा ११ संचालनमा लागि चन्दा समेत संकलन गरिरहेको छ।

“नेपालको समाजवादी शिक्षा नीति र स्वरुप”

आलिताल-१ मा पहिरोको डरले घर छोडी बिद्यालयमा बास

डडेल्धुराको भित्रिमधेशमा पर्यटन प्रबद्र्धन गर्न यि बुदाहरुलाई लागु गर्नुहोस्

आलितालको पर्यटन विकासका लागि जोशीले दिए ६ वटा सुझाबहरु

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.