parwat hotel
Citizan

कैलालीमा आँखा पाक्ने भाइरल रोगको प्रकोप

bhageswar small
Chure

धनगढी। यत्तिबेला सुदूरपश्चिमको कैलाली कञ्चनपुरमा विभिन्न भाइरलको प्रकोप बढेको छ । आँखा पाक्ने भाइरलको प्रकोप बढेको बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ। यो समस्याले बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो।

lali

गलफुलो समस्याका कारण बालबालिकाले धेरै दुःख पाइरहेको धनगढी उपमहानगरपालिका–८ का अप्सना चौधरीले बताइन्। उनका अनुसार गलफुलो भएपछि बालबच्चाले चार / पाँच दिनसम्म खानेकुरा नै राम्ररी खान सक्दैनन्। सुरुमा दाँत दुख्यो भनेर दुखाई महसुस गरेको आफ्नो भाइको पछि ज्वरोसमेत आएको उनले बताइन्। गलफुलो समस्या बढी मात्रामा देखा पर्न थालेपछि निजी विद्यालयले निगरानी बढाएका छन्। गलफुलो भएका विद्यार्थीलाई सकेसम्म विद्यालय नआउन भन्ने गरेको शिक्षकहरूको भनाइ छ।

glam &
Citizan

स्वास्थ्यकर्मीका अनुसार गलफुलो भएमा ज्वरो आउने, थकान महसुस हुने, खान मन नलाग्ने र चपाउन नसक्ने, शरीर दुख्ने जस्ता लक्षण देखा पर्दछ। यसैगरी, गलफुलो समस्या भएमा एउटा वा दुवै गाला सुन्निने र दुख्ने गर्दछ। अहिले गलफुलोको समस्या अलि बढी नै देखा परिरहेको धनगढीमा कार्यरत वरिष्ठ फिजिसियन डा। शुभेषराज कायस्थले बताए। “यो श्वासप्रश्वास वा र्यालको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो”, उनले भने,“बिरामीको सम्पर्कमा आएका व्यक्तिमा यो रोग चाँडै सर्दछ।”

उनले कसैलाई गलफुलो समस्या भएमा अरूलाई सर्नबाट जोगाउनका लागि बिरामीलाई आइसोलेसनमा राख्न आवश्यक रहेको औँल्याए।यसैगरी, बिरामीले प्रयोग गरेको सामान छुट्टै राख्ने र अरूले प्रयोग नगर्ने डा। कायस्थले बताए । हाँच्छ्युँ गर्दा, खोक्दा सिँगानको छिटामार्फत पनि गलफुलो रोग नजिकको व्यक्तिमा सर्ने जोखिम रहने गरेको उनको भनाई छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.