सावन १५ धनगढी
डेढ महिना पछि मृत भेटिएकी मञ्जु रावलको घटनामा संलग्न चार जना पक्राउ परेका छन् । उक्त घटनाको प्रहरीले अनुसन्धान गर्ने क्रममा जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने बर्ष ४० कि गोमा रावल, सोही ठाउं बस्ने बर्षा रावल, भरत रावल, र अछाम पञ्चदेवल विनायक नगरपालिका ६ तोलि बस्ने बर्ष ३७ कि सरिता रावल लाई हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको हो । रावलको शव जिल्ला कैलाली मोहन्याल गा.पा.वडा नं. ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अबस्थामा भेटिएको थियो ।
उनीहरुले मन्जुको योजनाबद्ध रुपमा हत्या गरेको र घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु र गोमा रावलबिच अंशको बिषयलाई लिएर भएको विवादले उग्र रुप लिदा घटना घटेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार १४ साउनमा मञ्जुका छोरा बिवेक रावलले वकिललाई भेट्न मसुरीया जान्छु भनि आफ्नी आमा गएको तर बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए।
प्रहरीले अहिले घटना बारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
