कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१५ साउन, धनगढी । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका(३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ । उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

Dadeldhura Hospital

ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् । ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

हराएको डेढ महिना पछि लास भेटिएको मञ्जु रावलको हत्यामा संलग्न ४ जना पक्राउ

आज खीर खाने दिन, आज खीर खानुको रहस्य यस्तो छ!

कञ्चनपुरको एक घरमा आगलागी

डेढ महिना देखि बेपत्ता युवतीको शव फेला

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.