parwat hotel
Citizan

मकवानपुरमा पहिरो जांदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

Chure

मकवानपुर– मकवानपुरमा पहिरो जांदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

lali

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरोमा परी अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

glam &
Citizan
alitalnewyear2081

यस्तै, अक्कल बहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीय पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.