डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका स्थित पुन्तुरा खोलाको बिचमा फसेका २ जनाको मध्ये रातमा सकुशल उद्धार गरिएको छ । अबिरल बर्षाको कारण खोलामा पानीको आकस्मिक बहाब बढन गई नदि तरिरहेका २ जना ब्यक्ति नदिको मध्य भागमा थुनिएका थिए । परशुराम नगरपालिकाको समन्वय र सहजीकरणमा आवस्यक खोज-उद्दार सामाग्री सहित नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाल आर्मी, नगरपालिकाका कर्मचारी, स्थानिय बासिन्दा लगायतको टोलीले उद्धार गरिएको नगर प्रमुख भरत बडायरले बताए ।
उनले वर्षातको समयमा लगातार वर्षा भइरहेकोले सम्पूर्ण नगरबासीलाई सजगता तथा सावधानी अपनाउन हुन समेत अनुरोध गरेका छन ।