डडेल्धुरामा खुला भलिबल प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुरामा खुला भलिबल प्रतियोगिता हुने भएको छ। सृजनशील समैजी युवा क्लब अमरगढी नगरपालिका–४ को आयोजनामा खुला भलिबल प्रतियोगिता हुन लागेको हो।

सुदूरपश्चिमको महान पर्व ओल्के पर्वको अवसरमा हुन लागेको भलिबल प्रतियोगिता यहि साउन ३१ गतेदेखि सुरु हुने सृजनशील समैजी युवा क्लबका अध्यक्ष पवन बिष्टले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्यका साथ भलिबलको आयोजना गरिएको उनको भनाइ छ। खेल अशिग्राम प्रावि हरडी सुनेडा डडेल्धुराको खेल मैदानमा सञ्चालन हुनेछन्।

टिम दर्ता यहि साउन ३१ गतेसम्म गर्नु पर्ने र टिम दर्ता शुल्क चार हजार लाग्ने छ। प्रतियोगिताको विजेता टिमले नगद ४५ हजार नगदसहित प्रमाणपत्र हात पार्नेछ।

त्यस्तै उप–विजेता टिमले नगद ३० हजार नगदसहित प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजारसहित प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.