डडेल्धुरामा शहीद परिवारलाई सम्मान स्वरुप ३२ इन्चको टीभी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले शहीद परिवारलाई सम्मान स्वरुप टीभी दिएको छ। विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा शहीद भएका चार परिवारलाई पालिकाले टीभी दिएर सम्मान गरेको हो।

एक औपचारीक कार्यक्रमका बीच गाउँपालिकामा रहेका चार शहीदलाई ३२ इन्ची टीभी सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रशाद भट्ट विकासले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

‘गाउँपाकिाले शहीद सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ’, उनले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ। यस्तो अवस्थामा परिवारको सम्मान गर्नु स्थानीय सरकारको कर्तव्य पनि हो।’

शहीद परिवारका सदस्यलाई अन्य कार्यक्रमहरूमा पनि प्रोत्साहन गाउँपालिको गर्ने गरेको छ। अध्यक्ष भट्टले भने, ‘गाउँपालिकाभित्रका सबै शहीद परिवारलाई हामीले संरक्षण र प्रोत्साहन गर्छौं।’

गौतम बोहराका परिवारका सदस्य माया बोहराले शहीद भएकाको परिवारलाई पालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन्। आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार शहीद सम्मान गरिएको र चालु आर्थिक वर्षमा पनि उक्त सम्मान कार्यक्रम राखेको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन्। अजयमेरु गाउँपालिका अध्यक्ष भट्ट शहीद परिवारका सदस्य पनि हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.