Citizan

प्रधानमन्त्री प्रचण्डको सचिवलाई फोनबाटै निर्देशन,दैजी–जोगबुढा सडक छिटो सञ्चालन गर्नु

suchana alital
Chure

सावन २९
डडेल्धुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैजी–जोगबुढा सडक सञ्चालन गर्न सचिवलाई फोन गरेर निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवलाई फोन गरेर सडक पुनर्निर्माण र दैजी–जोगबुढा सडक सञ्चालनमा आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

lali

सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाट ‘सरल’, नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका उपाध्यक्ष मानसिंह माल ‘क्रान्ति’ लगायतको टोलीले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर सुदूरपश्चिममा अत्यधिक वर्षाका कारण आएको पहिरो र बाढीले पुर्‍याएको क्षतिबारे तथा भीमदत्त राजमार्गमा भएको सडक अवरुद्धका बारेमा जानकारी गराएका थिए।

glam &
dipti
Citizan

‘वैकल्पिक मार्गको रूपमा दैजी जोगबुढा सडक सञ्चालन गर्न सक्ने सम्बन्धमा समेत छलफल भएको छ,’ भांटले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भौतिक सचिवलाई फोन गरेर सडक पुनर्निर्माण र दैजी जोगबुढा सडक सञ्चालन सम्बधमा आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको छ। त्यसैगरी बाढी प्रभावित क्षेत्रमा यथाशीघ्र कार्य अगाडि बढाउन निर्देशन गर्नुभएको छ।’

कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म जोड्ने दैजी–जोगबुढा सडक सञ्चालन गर्न अहिले चौतर्फी दबाब बढेको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.