घरको छतबाट खस्दा डडेल्धुरामा एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाकी ४६ वर्षीया जानकी देवी महरको छतबाट लडेर मृत्यु भएको हो। बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।

घाइते महरलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको थियो। धनगढी ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.