कैलालीका वीरबहादुर दैलेखमा मृत अवस्थामा भेटिए

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः  कैलालीको बर्दगोरिया गाउँपालिका–४ छतिवनका ३१ वर्षीय वीरबहादुर विश्वकर्माको शव दैलेखमा फेला परेको छ।

Dadeldhura Hospital
भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

व्यापारकालागि साउन २१ गते कैलालीबाट दैलेख गएका उनी २९ गते देखी परिवारको सम्पर्कमा थिएनन्। विकको शव दैलेखको भगवती माई गाउँपालिका–१ को भेरी खोलामा हिजो (शनिवार) कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी किशोर लम्सालले बताए। शवको पोस्टमार्टम गरि विकका आफ्नतलाई जिम्मा लगाइसकेको डिएसपी लम्सालले जानकारी दिएका छन्।

खोलाले बगाएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। “व्यापारका लागी खोला पारीको गाउँमा जाने क्रममा बगेको हुन सक्छ। खोला धेरै ठाडो छ। बगाउने क्रममा टाउकामा चोट लागेको होला भन्ने हाम्रो प्रारम्भिक अनुमान हो। यद्धपी अनुसन्धान पनि सुरु गरेका छौ। कल डिटेलको प्रक्रिया अघि बढाएका छौ भने गाउँमा प्रहरी टोली पठाएका छौ।” डिएसपी लम्सालले भने। मृतकका परिवारले भने रहस्यमय घटना भएकाले निष्पक्ष छानबिनको माग गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.