डडेल्धुराको आलिताल गाउंपलिका वडा न. २ का वडा अध्यक्ष हुन् प्रमोद मल्ल , पछिल्लो समयमा जनतासंग नजिक भएर काम गरिरहेका मल्लको वडामा निकै जयजयकार गरिन्छ । २०७९ सालको स्थानिय तहको चुनावमा निर्वाचित भएका वडा अध्यक्ष मल्लले छोटो समयमा नै जनताका पक्षमा राम्रै काम गरेको तेहांका स्थानियले नै बताउने गरेका छन् ।
मल्लले कहिले जनताको समस्यालाई माथिल्लो तहबाट समाधानको आग्रह गरेर सामधान गर्छन् त केहि समस्या आफनै वडाको बजेटले गर्छन् । उनको पांच बर्षमा गर्नुपर्ने काम धेरै रहेको बताउछन् । एकै बर्षमा मल्लले वडाका जनाताले बर्षौ देखि समुदाय स्तरमै उत्पादित दहगाढ जलबिधुत सेवा प्रयोग गरे वाफत एक सय रुपैया तिर्दै आएको शुल्कलाई पनि अध्यक्ष मल्लले निशुल्क गरेका थिए । मल्लले उणीकोट माध्यामिक बिद्यालयमा कक्षा ११ सम्मको पढाई पनि सुरु गरेका छन् । आफु वडा अध्यक्ष निर्वाचित हुनु भन्दा पहिला देखि नै उक्त बिद्यालयमा कक्षा १२ सम्म पढाई संचालन गर्ने पहल गरिरहेका मल्लले आफु वडा अध्यक्षमा निर्वाचित भए पश्चात गलत्तै कक्षा ११ सम्मको पढाई सञ्चालन गरेका हुन । कक्षा ११ सम्मको पढाई सुरु गरेर मल्लले अर्को राम्रो काम गरेको स्थानिय बताउछन् ।
तेस्तै मल्लले सञ्चारको क्षेत्रमा पनि जनतालाई सेवा दिन पछि परेका छैनन् ।लामो समय देखि निर्माण सम्पन्न भएको तिम्तराको नेपाल टेलिकमको टावरमा नेटवर्क सुचारु सकेको थियन तर मल्लको पहलमा अहिले सेवा सुचारु भएको छ । मल्लले जनताको समस्यालाई सदैब अग्रस्थानमा राखेर आफु काम गरेको समेत बताए । केहि महिना अगाडी सम्म बृद्ध भत्ता लिन आलितालको नबिल बैंक नै धाउनु पर्ने समस्याबाट पनि मुक्त गरेका छन् । मल्लले मदिराको नसामा लठ्ठ परेका मानिसहरुको आखां खोली दिएका छन् । उनले आफू निर्वाचित भए लगत्तै वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरे । मदिराको नसामा लठ्ठीएर सामाजिक बिकृति निम्त्यायने मानिसहरुलाई अहिले मल्लले कृषि उत्पादनमा जोडेर अगाडी बढीरहेको बताए ।
मल्लको यतिमात्र राम्रो काम होइन उनि जनतालाई परेको समस्यामा आफै सहयोगमा खटिन्छन् । आजमात्र मात्र मल्लले मटेला गाउंमा प्रसवपिडामा छटपटाई रहेकी गोमा देउवालाई आफैले स्टेचरमा बोकेर गांखेत गाखेत स्वास्थ्य चौकिमा पुगाउन सहयोग गरेका छन् । केहि दिन अगाडी आएको अविरल बर्षाका ग्रामीण सडक अबरुद्ध भएका कारण एम्बुलेन्स जान नसक्दा स्टेचरमा नै बोक्नु परेको मल्लले बताए । संगसंगै केहि दिन अगाडी मात्र निर्माण सुरु भएको नयाँ ट्राक र डबल कटिङ्ग का कारण ठुला ठुला ढुङ्गा र पहिरो आएर सडक संचालनमा समस्या उनले बताए । उनले बर्षा रोकिने बित्तिकै पुनः बाटो खोल्ने प्रतिबद्धता समेत गरेका छन् ।
गर्भपति महिलालाई स्टेचरमा बोकेर गांखेत स्वास्थ्य चौकी लैजादै वडा अध्यक्ष मल्ल
जनताको समस्यालाई नजिकबाट हेरिरहेका मल्लले आफु जनताको सेवाका लागि नैनिर्वाति भएकाले जनताको सेवामा सधै समर्पित रहने बताए । गैरा गांखेत सडक पनि अबिरल बर्षाका कारण साथै नयाँ ट्राक र डबल कटिङ्गका कारण ठुला ठुला ढुङ्गा र पहिरोले अबरुद्ध भएको छ ।