एसिया कप:पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१३ भदौ, । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ ।

Dadeldhura Hospital

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई खेलको सुरुवातमा नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए । थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए । कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यसपछि कप्तान बाबर आजमले पारी सम्हाले । उनले मोहम्मद रिवाजसँग ८६ रनको साझेदारी गरे । रिवाजलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए । थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए । सन्दीप लामिछानेले उनलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.