parwat hotel
Citizan

एसिया कप:आज विश्व क्रिकेटका दुइ चिर प्रतिद्वंदी विच प्रतिस्पर्धा हुदै

Chure
lali

एसिया कप आज विश्व क्रिकेटका दुइ चिर प्रतिध्वन्दी भारत र पाकिस्तान विच प्रतिस्पर्धा हुदैछ।

यो खेल श्रीलंकाको क्यान्डिस्थित पालेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुनेछ। एक खेल खेलिसकेको पाकिस्तान तालिकाको शिर्ष स्थानमा छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाइ २ सय ३८ रनले हराएको हुदा भारत विरुद्ध जित निकाले पाकिस्तान सुपर फोरमा पुग्नेछ।
भारतको भने यो समुहको पहिलो खेल हो। केन्डीमा आज वर्षा हुने पूर्वानुमान गरिएकाले भारत र पाकिस्तान बीचको खेल प्रभावित हुनसक्ने देखिएको छ। हेड टु हेडका आधारमा भारत र पाकिस्तान विच १३ पटक भेट हुदा भारतले ७ पटक र पाकिस्तानले ५ पटक जित निकालेका छन्। एक खेल भने विना नतिजा रोकिएको थियो। समुह ए को भारतले दोस्रो खेलमा नेपालसंग सोमवार खेल्नेछ।

glam &
Citizan
alitalnewyear2081
You might also like
Leave A Reply

Your email address will not be published.