नवलपरासीमा दुर्लभ जातका अंजिगर फेला ,नियन्त्रण लिने क्रममा वन रक्षक घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ १७

रबिन्द्र यादव ,पश्चिम नवलपरासी

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पश्चिम नवलपरासीको श्रीरामपुर टोलमा दुर्लभ जातका अजिङ्गर सर्प फेला परेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ श्रीरामपुर स्थित हरिजन टोलमा अंजिगर सर्प फेला परेको हो ।  जिउत चमारले आफ्ना घर पछाडि राखेको उखुको पातमा आइतबार ठुलो आकारको अजिङ्गर सर्प फेला परेको हो ।

करिब १० फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको बसहिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनार्दन यादवले जानकारी दिनुभयो ।

सो अजिङ्गर सर्पलाई सुस्ता-प्रतापपुर गाउँपालिका सब डिभिजन वन कार्यालय फेचुवा (बरवा) मा बुझाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले जानकारी दिए ।

सुस्ता-प्रतापपुर गाउँपालिका सब डिभिजन बन कार्यालय फेचुवा बाट आएका टोलीले उक्त सर्पलाई नियन्त्रणमा लिन खोज्दा वन रक्षक रामप्यारे कोइरीलाई उक्त अंजिगर सर्पले दाहिने हातमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते वन रक्षक कर्मचारी कोइरीलाई उपचारका लागि त्रिवेणी स्थित सर्पदंश उपचार केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.