नेम्वाङको निधनमा डडेल्धुराको आलितालमा शोक सभा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ २७
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा डडेल्धुराको आलितालमा शोक सभा गरिएको छ । नेम्वाङको सम्झनामा नेवाङको फोटोमा नेता तथा कार्यकर्ताले मौन धारण गर्दै तस्बिरमा पुष्प गुच्छा अर्पण गरी शोक सभा गरिएको हो।

शोक सभाका बोल्दै नेकपा एमाले आलितालका इन्चार्ज प्रकास बोहराले नेमाङको निधनले सिंगो देश र पार्टीलाई अतुलनिय क्षति भएको बताउदै नेमाङ जस्तो नेता जन्माउन नेता तथा कार्यकर्ताहरुले धेरै ठूलो भुमिका निर्वाह गर्नु पर्ने बताए । उनले शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा नेमाङले अंगालेको बाटोमा सबै नेता तथा कार्यकर्तालाई लाग्न अपिल समेत गर्नुभयो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital


नेमाङलाई मंगलबार राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको थियो । एमालेले नेम्वाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
सरकारले नेम्वाङको अन्त्येष्टि गर्ने दिन (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोलि बिहीवार सार्वजनिक बिदा

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.