parwat hotel
Citizan

बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

bhageswar small
alital janahit
lali

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा एक जनाको हत्या भएको छ। छबिस पाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्।
शुक्रबार साँझ ७:३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताए । उनका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैरुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको हत्या गरी बिजुली फरार भएका हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार आरोपीको खोजी भइरहेको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.