बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा एक जनाको हत्या भएको छ। छबिस पाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्।
शुक्रबार साँझ ७:३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताए । उनका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैरुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको हत्या गरी बिजुली फरार भएका हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार आरोपीको खोजी भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.