डोटीमा मोटरसाइकलमा झुण्याईएको २ लाख ४५ हजार रुपैँया गायब

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः डोटीमा दिउँसै २ लाख ४५ हजार रुपैँया मोटरसाइकलबाटै गायब भएको छ। शुक्रवार बिहान दिपायलको पिपल्ला बजारमा पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट उक्त रकम गायब भएको हो।

Dadeldhura Hospital

दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ का हिकमत भण्डारीले झिल्लीमा बेरेर आफ्नो मोटरसाइकलको लेकगाडमा सो रकम झुण्डाएर ल्याएका थिए। उनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कम्प्युटर सहायक हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बैंकमा जम्मा गर्न ल्याएको रकम मोटरसाइकलमै छोडेर उनी शुक्रवार बिहान १० बजेर ७ मिनेटमा कार्यालय गएका थिए। कार्यालयको व्यस्तताले मोटरसाइकलमा राखेको पैसा सँगै लग्न भूलेका भण्डारीलाई करिब डेढ घण्टापछि याद आएको थियो।

उनले तत्कालै प्रहरीलाई समेत खबर गरेका थिए। प्रहरीले समेत आसपास छानबिन गर्दा रकम फेला पार्न नसकेको जनाएको छ। पार्कीङ्गका लागि जाँदा पैसा राखिएको झिल्ली उनकै मोटरमा झुन्डाइएको फुटेज सिसिटिभी क्यामेरामा देखिएको बताइएको छ। तर जहाँनिर मोटरसाइकल पार्कीङ्ग गरेर राखेको थियो त्यहाँको क्यामरा बिग्रेको प्रहरीले बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.