सुदूरपश्चिमका नाकामा स्वदेश फर्किने नेपालीको भिड

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

 

धनगढीः चाडपर्व नजिकिएसंगै सुदूरपश्चिमका मुख्य तीन नाकामा स्वदेश फर्किनेको भिड लागेको छ । भारतका विभिन्न सहरबाट सुदूरपश्चिम प्रदेशका तीन नाका भएर आज (बुधबार) मात्रै २ हजार १ सय ३२ जना नेपाली स्वदेश फर्किएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सबैभन्दा बढी कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट श्रमिकदेखि विद्यार्थीसम्म सुदूरपश्चिम प्रवेश गरेका हुन्। कामको खोजीमा भारतका विभिन्न सहर पसेकाहरु चाडपर्व सुरु भएसँगै धमाधम स्वदेश फर्कन थालेका छन्।

बुधबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट सबैभन्दा बढी १ हजार तीन सय ५० नेपाली सुदूरपश्चिम प्रवेश गरेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीको तथ्यांक छ। त्यस्तै कैलालीको गौरीफन्टा नाका भएर थप सात सय ७२ र बैतडीको जुलाघाट नाका भएर १० गरी कुल दुई हजार १ सय ३२ जना नेपाली स्वदेश फर्किका हुन्। पछिल्लो समय प्रदेशका विभिन्न पाँच नाका भएर स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.