

बझाङ । बझाङका भुकम्प पीडित परिवारलाई साउदी अरबबाट राहत सामाग्री सहयोग गरेका छन् ।
सुदुरपश्चिमेली नेपाली समाज साउदी अरब तथा ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको पहलमा बझाङका भुकम्प पिडितहरुलाइ सहयोग गरिएको हो ।
समाजसेवी चादनी ऐरको टोली बझाङमा पुगेर खप्तड छान्ना गाउँपालिका वडा नम्बर २,३ ,४ र मष्टा गाउपालिका वार्ड १,२ का करिव गरेर १ सय ६५ घरपरिवारहरुलाई त्रीपाल,बलाङ्केट,सिरक,डस्ना लगाउने ओढ्ने लुगा जस्ता न्यानो कपडा बितरण गरिएको हो ।
असोज १६ गते ५.३ र ६.३ म्याग्निच्युडको भुकम्प जादा एक जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुर्याएको छ ।
त्यस यता लगातार भूकम्प जान थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
पीडित परिवारलाई राहत वितरण गर्दै समाजसेवी ऐरले पिडित घाउमा सहयोग गर्नु हुने सहयोगिलाई धन्यवाद दिएकी छन् । पीडितलाई सामाजिक सेवाको कार्य गर्न पाउदा निकै खुशी भएको समाजसेवी ऐरले बताइन् ।
बझाङमा अन्य भुकम्प पीडितलाई पनि सहयोग गर्न कार्यक्रम रहेको उनले बताइन् ।
