डडेल्धुरामा जिल्ला  स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । डडेल्धुरामा जिल्ला  स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता संगै बिबिध कार्यक्रमको आयोजना हुने भएको छ ।  डडेल्धुरामा जेसिज सप्ताहको अबसरमा कात्तिक १२ देखि १८ गते सम्म भलिबल संगै अन्य बिबिध कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाईने भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै डडेल्धुरा जेसिज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले कात्तिक १६ गते देखि ५१ हजार १११ रुपियाँ नगद धन राशि पुरस्कार भएको जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिने बताए ।

Dadeldhura Hospital

बागबजारको राईनो होटेलमा टिम दर्ता गरिने छ भने कार्यक्रम संयोजक वर्ष २०२३ का कार्यकारिणि उपाध्यक्ष जेसि जगत ऐरलाई सम्पर्क गर्न सकिने उनले बताए ।

भलिबल प्रतियोगितामा द्धितिय पुरस्कार २५ हजार १११ र तृतिय पुरस्कार १५ हजार १११ रुपियाँ नगद सहित ट्रफि, प्रमाण पत्र राखिएको छ ।

जेसिज सप्ताह अन्तरगत कात्तिक १२ गते उद्घाटन तथा नेपाल रेडक्रम सोसाईटीको भवनमा रक्तदान, १३ गते दिउसो बसपार्कमा म्युजिकल चेयर, घैटो फुटाउने, १४ गते गन्यापधुरामा निःशुल्क आँखा जाँच, औषधी वितरण, १५ गते अमरगढी नगपालिका २ मा निःशुल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधी वितरण, १६,१८ सम्म भलिबल प्रतियोगिताको आयोजना गरिने उनले जानकारी दिए ।

भलिबल प्रतियोगिता अमरगढी नगरपालिका ८ हवाई ग्राउण्ड डडेल्धुरा मेडिकल कलेजको भवन निर्माण स्थल नजिकको मैदानमा खेलाईने उनले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.