Citizan

डडेल्धुरामा जिल्ला  स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

suchana alital
Chure

डडेल्धुरा । डडेल्धुरामा जिल्ला  स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता संगै बिबिध कार्यक्रमको आयोजना हुने भएको छ ।  डडेल्धुरामा जेसिज सप्ताहको अबसरमा कात्तिक १२ देखि १८ गते सम्म भलिबल संगै अन्य बिबिध कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाईने भएको हो ।

glam &
dipti
Citizan

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै डडेल्धुरा जेसिज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले कात्तिक १६ गते देखि ५१ हजार १११ रुपियाँ नगद धन राशि पुरस्कार भएको जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिने बताए ।

lali

बागबजारको राईनो होटेलमा टिम दर्ता गरिने छ भने कार्यक्रम संयोजक वर्ष २०२३ का कार्यकारिणि उपाध्यक्ष जेसि जगत ऐरलाई सम्पर्क गर्न सकिने उनले बताए ।

भलिबल प्रतियोगितामा द्धितिय पुरस्कार २५ हजार १११ र तृतिय पुरस्कार १५ हजार १११ रुपियाँ नगद सहित ट्रफि, प्रमाण पत्र राखिएको छ ।

जेसिज सप्ताह अन्तरगत कात्तिक १२ गते उद्घाटन तथा नेपाल रेडक्रम सोसाईटीको भवनमा रक्तदान, १३ गते दिउसो बसपार्कमा म्युजिकल चेयर, घैटो फुटाउने, १४ गते गन्यापधुरामा निःशुल्क आँखा जाँच, औषधी वितरण, १५ गते अमरगढी नगपालिका २ मा निःशुल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधी वितरण, १६,१८ सम्म भलिबल प्रतियोगिताको आयोजना गरिने उनले जानकारी दिए ।

भलिबल प्रतियोगिता अमरगढी नगरपालिका ८ हवाई ग्राउण्ड डडेल्धुरा मेडिकल कलेजको भवन निर्माण स्थल नजिकको मैदानमा खेलाईने उनले बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.