parwat hotel
Citizan

परशुरामका मेयर जोशीले भुकम्प पिडितलाई एक लाख सहयोग गर्ने

Chure

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन्।

lali

‘यस दुःखद घटनामा पीडित जनतालाई साथ दिन मैले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि सानो सहयोग स्वरूप  १ लाख दिने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

glam &
Citizan
alitalnewyear2081


शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १३२ जनाभको मृत्यु भएको छ। शनिबार बिहान १० बजेसम्ममा जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो।

यस्तै जाजरकोटमा ५५ र रुकुममा ८५ जना गरी १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।  अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी खोज र  उद्धारको लागि खटिएको छ।


 

You might also like
Leave A Reply

Your email address will not be published.