दु:खद खबर,डाेटीमा जीप दुर्घटना हुँदा चार जनाकाे मृत्युु,पाँच जना घाइते

sc mahendra

डोटी: डाेटीमा जीप दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएकाे छ भने पाँच जना घाइते भएकाे छन्।

आइतबार बिहान शिखर नगरपालिका- ६ काे अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा चार जनाकाे घटनास्थलमै मृत्युु भएकाे छ। मृत्युु हुनेमा बाजुराकाे  हिमाली गाउँपालिका- ५ बस्ने २२ वर्षीया  राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छाेरा कबिन्द्र बुढा र साेही ठाउँ बस्ने बिमला मलालकी८ महिनाकी छाेरी प्रार्थना रहेका छन्।

दुर्घटनामा घाइते भएका पाँचजनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालक भने प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।

जीप सडकबाट ४० मिटर तल सेती नदीमा खसेको छ। अत्यधिक चिसो भएकाले जीपलाई निकाल्न नसकिरहेको प्रहरीले बताएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.