Citizan

अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

Chure
lali

काठमाडौं : गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका( ३२ खुदीमा दुर्घटना भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो । ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतीको भने अवस्था सामान्य छ । गाडी तीव्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.