कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जानाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कन्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जानाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय मोटरसाइकल चालक दिपेन्द्र भण्डारीको मृत्यु भएको हो।

Dadeldhura Hospital

भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्‍याउदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको प्रवक्ता डाँगीले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.