डडेल्धुराका दिपेशले जिते कराते प्रतियोगितामा स्वर्ण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका दिपेश भट्टले ‘प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय बुदोकैदो फुलकन्ट्याक्ट कराते प्रतियोगिता’ मा स्वर्ण पदक जितेका छन्।

भट्टले शुक्लाफाँटा बुदोकैदो शाखाको आयोजनामा शुक्लाफाँटा नगरपालिका–१ स्थित बन्साहा खेल मैदानमा भएको प्रतियोगितामा स्वर्ण पदक हात पारेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

१५ वर्षीय भट्टले ३० किलो पुरुष तौल समूहतर्फ आयोजकका राजेश जाग्रीलाई हराउँदै स्वर्ण पदक जितेको बुदोकैदो फुलकन्ट्याक्ट कराते डडेल्धुरा शाखाका अध्यक्ष सीताराम जोशीले जानकारी दिए। स्वर्णसँगै दिपेशले नगद ५ हजार रुपैयाँ पुरस्कारसहित, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रयाप्त खेलकुद सामग्री बिना नै दिपेशले प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण पदक जित्नु ठूलो उपलब्धि भएको अध्यक्ष जोशीले बताए। उनले यस खेललाई डडेल्धुराका अन्य पालिकाकाहरूमा पनि विस्तार गर्दै लैजाने योजना रहेको सुनाए।

गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका दिपेश नजिकैको सरस्वती मावि कक्षा ९ मा अध्ययनरत छन्। गत शुक्रबार र शनिबार भएको प्रतियोगितामा महिला र पुरुष गरी सुदूरपश्चिमका ९ जिल्लाका करिब तीनसय जना खेलाडीको सहभागिता रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.