डोटीमा बाघको आक्रमणबाट एक बालिका घाइते

sc mahendra

डोटीः डोटीमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनकी १३ वर्षीया कीडि ठकुल्ला बाघको आक्रमणबाट आइतवार घाइते भएकी हुन्।

बाघको आक्रमणबाट बालिकाको तिघ्रा र पाखुरामा चोट लागेको बालिकाकी आमा नन्नादेवी ठकुल्लाले बताइन्। ठकुल्लालाई आइतवार दिउँसो सोहि ठाउँको रानीढुङ्गा वनमा घाँस काट्न गएका बेला आक्रमण गरेको हो। घाइते बालिकाको सुजङ अस्पताल दिपायलमा उपचार भइरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.