Citizan

नेपाल सुपर लिग फुटबल प्रतियोगितामा काठमाडौं र धनगढी बराबरीमा टुंगियो

Chure

काठमाडौं :नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । यो खेल पछिल्लो संस्करणको फाइनल पुनरावृत्तिका रूपमा भएको हो ।

lali

धनगढीका लागि अहमद हिजाजीले १५ औं मिनेटमा गरे । काठमाडौंका डिफेन्डर आन्द्रेस निआले गरेको भुलमा बल लेवानानी फरवार्ड हिजाजीले नियन्त्रणमा लिँदै गोल गरे ।

glam &
Citizan

दोस्रो हाफको ६६औं मिनेटमा काठमाडौंका लागि किंगु ओलिभरले हेडबाट गरे । उनले टोजी डिनोभको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

dipti

शीर्ष स्थानमा रहेको धनगढीको यो नतिजापछि ६ खेलबाट १२ अंक भएको छ । काठमाडौं भने ६ खेलबाटै ९ अंकमा चौथो स्थानमा छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.