बझाङ र बैतडीलाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः काठमाडौं महानगरपालिकाले बझाङ र बैतडी जिल्लालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ।
बझाङ जिल्लाको साईपाल गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको हो। महानगरपालिकाले असोज ४ गते ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि देशभरीका इच्छुक स्थानीय तहलाई विवरण माग गरेको थियो।
सोही सुचनाको आधारमा साईपाल गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवण उपलब्ध गराई महानगरपालिका संग एम्बुलेन्स माग गरेकोले महानगरपालिकाले साईपाल गाउँपालिकालाई छनोट गर्दै एम्बुलेन्स दिने निणंय गरेको छ। यस्तै बैतडीको सिगास गाउँपालिकालाई पनि महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ।
सिगास गाउँपालिकाले पनि एम्बुलेन्स माग गरेकोमा गाउँपालिका छनौट भएको महानगरपालिकाले जनाएको छ। राष्ट्रिय एम्बुलेनस निर्देशिका २०७८ मबोजिम प्रक्रियाहरु अबलम्बन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजश्व छुटको व्यवस्था मिलाएर सम्पुर्ण कागजातसहित महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.