डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–३ मा अवस्थित आलिताल परिसरमा सरसफाई कार्यक्रम सुरु भएको छ। आलिताल गाउँपालिका र रणबम गण डडेल्धुराको संयुक्त आयोजनामा आज (शनिवार)देखि त्रिदिवसीय ताल सरसफाई कार्यक्रम सुरु भएको हो।
‘नेपाली सेनाको ताल तलैया सरसफाई कार्यक्रम अन्तर्गत आलिताल गाउंपालिकाको समन्वयमा सरसफाई कार्यक्रम गरिएको दह रणबम गणका प्रमुख प्रविन थापाले बताए । उनले स्थानिय बासीहरुलाई अफनत्वको भावना जगाउने मुख्य उद्देश्य रहेको बताउदै विद्यार्थीहरुलाई पनि सहभागी गराउन विद्यालयहरुलाई आग्रह गरिएको बताए ।
उनले आज एक दिन नेपाल आर्मी,सशस्त्र प्रहरी,प्रहरी,पत्रकार ,बिभिन्न संघसंस्था तथा स्थानियको सहभागीतामा सरसफाई गरिने र भोली र पर्सी विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीतामा सरसफाई गरिने बताए ।
हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार तथा दिगो व्यवस्थापनको उद्देश्यले सुरु भएको तीन दिने ताल सरसफाई कार्यक्रममा पौष ९ गते सम्म सञ्चालन हुनेछ।
आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो गाउँपालिका पर्यटनका हिसाबले उत्तम मानिन्छ। पर्यटकिय दृष्टिले प्रचुर सम्भावना बोकेको आलिताल भने ओझेलमा परेको जस्तो देखिन्छ ।
रमणिय र सुन्दर देखिने यो तालमा अहिले सामान्य फुटपाथ,आरामघर,पिकनिक स्पोर्ट,भिउटावर जस्ता संरचना बनेका छन् । बुडर जोगबुडा सडक खण्डको घुम्ति बजार देखि आलिताल जोड्ने मोटरेबल पुल नहुदा ६ महिना मोटर चढेर पुग्न सकिन्छ भने ६ महिना बाटो बन्द हुदा सुनसान नै हुन्छ । । ताललाई जोड्ने रंगुन खोलामा पुल नहुदा यो समस्या आउने गरेको छ । चुनावी नाराको रुपमा चर्चामा आउने यो पुल कहिले बन्छ तेसको ठेगान छैन ।यस आलितालको मुलभुत तथ्यमा पसेर यसको प्रचार प्रसार गर्न सके जुनसुकै महिनामा पनि ताल परिसरमा मान्छेको मेला लाग्ने बनाउन सकिन्छ ।
आज पहिलो दिन सरसफाई कार्यक्रममा परशुराम नगरपालिका प्रमुख,आलिताल गाउंपालिका प्रमुख,भागेश्वर गाउंपालिका प्रमुख,डडेल्धुरा प्रशासन कार्यालयका निमित्त प्रमुख,सशस्त्र प्रहरी बल डडेल्धुराका प्रमुख,नेपाल प्रहरी इलाका कार्यालयका प्रमुख, विभिन्न स्थानिय तहका जनप्रतिनिधि,पत्रकार र विभिन्न संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
आलिताल परिसरमा भोली देखि त्रिदिवसीय सरसफाई कार्यक्रम गरिने