आलिताल परिसरमा भोली देखि त्रिदिवसीय सरसफाई कार्यक्रम गरिने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–३ मा अवस्थित आलिताल परिसरमा सरसफाई गरिने भएको छ। आलिताल गाउँपालिका र रणबम गण डडेल्धुराको संयुक्त आयोजनामा भोली (शनिवार)देखि त्रिदिवसीय ताल सरसफाई कार्यक्रम राखिएको हो।

‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा दिगो व्यवस्थापनको मुख्य उद्देश्यले तीन दिने ताल सरसफाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मैनाकुमारी रावल बोहराले जानकारी दिइन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनका अनुसार ताल सरसफाई अभियान यहीँ पुस ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो।

Dadeldhura Hospital

समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ।

एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ।

पर्यटकिय गन्तव्य आलितालमा पुर्वाधार निर्माणका काम हुदै

ओझेलमा परेको मेरो आलिताल

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.