२२ गते देखी सुरु हुने आलितालको राष्ट्रपति रनिङ शिल्ड नयां खेल मैदानमा हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलितालमा पौष २२ गते देखी सुरु हुन लागेको राष्ट्रपति रनिङ शिल्ड नयां खेल मैदानमा हुने भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पौष २२ गते देखि सुरु हुन लागेको राष्ट्रपति रनिङ शिल्डको सम्पूर्ण प्रतियोगिता पालिकाले निर्माण गरेको नया खेलकुद मैदानमा गर्ने भएको हो ।
वडा न. ८ को घुम्ति बजार नजिक रहेको खेलकुद मैदानमा रनिङ्ग शिल्ड सम्पन्न गर्ने तयारी गरिरहेको पालिका अध्यक्ष शेर सिंह पार्कीले बताए । पार्कीका अनुसार रनिङ्ग शिल्डको सम्पूर्ण जिम्मेवारी श्री दुर्गा माध्यमिक विद्यालय डोलालाई दिने तयारी भइरहेको समेत बताए ।

आज सम्म रनिङ्ग शिल्ड दुर्गा माध्यमिक विद्यालयको मैदानमा हुदै आएको थियो । उनले रनिङ्ग शिल्ड सकिए संगै अध्यक्ष कप पनि तुरुन्तै सोहि मैदानमा गर्ने भएको समेत बताएका छन् ।

आलिताल गाँउपालिकाको मंसिर २९ गते बसेको कार्यपालिका बैठकले रनिङ शिल्ड २२ गते देखी सञ्चालन गर्ने निर्णय गरेको हो । २४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिका भित्रका सबै माध्यमिक विद्यालयलाई सहभागि हुन आग्रह समेत पालिकाले गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.