parwat hotel
Citizan

२२ गते देखी सुरु हुने आलितालको राष्ट्रपति रनिङ शिल्ड नयां खेल मैदानमा हुने

bhageswar small
alital janahit

डडेल्धुरा : डडेल्धुराको आलितालमा पौष २२ गते देखी सुरु हुन लागेको राष्ट्रपति रनिङ शिल्ड नयां खेल मैदानमा हुने भएको छ।

glam &
Citizan
lali

पौष २२ गते देखि सुरु हुन लागेको राष्ट्रपति रनिङ शिल्डको सम्पूर्ण प्रतियोगिता पालिकाले निर्माण गरेको नया खेलकुद मैदानमा गर्ने भएको हो ।
वडा न. ८ को घुम्ति बजार नजिक रहेको खेलकुद मैदानमा रनिङ्ग शिल्ड सम्पन्न गर्ने तयारी गरिरहेको पालिका अध्यक्ष शेर सिंह पार्कीले बताए । पार्कीका अनुसार रनिङ्ग शिल्डको सम्पूर्ण जिम्मेवारी श्री दुर्गा माध्यमिक विद्यालय डोलालाई दिने तयारी भइरहेको समेत बताए ।

आज सम्म रनिङ्ग शिल्ड दुर्गा माध्यमिक विद्यालयको मैदानमा हुदै आएको थियो । उनले रनिङ्ग शिल्ड सकिए संगै अध्यक्ष कप पनि तुरुन्तै सोहि मैदानमा गर्ने भएको समेत बताएका छन् ।

आलिताल गाँउपालिकाको मंसिर २९ गते बसेको कार्यपालिका बैठकले रनिङ शिल्ड २२ गते देखी सञ्चालन गर्ने निर्णय गरेको हो । २४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिका भित्रका सबै माध्यमिक विद्यालयलाई सहभागि हुन आग्रह समेत पालिकाले गरेको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.