अजयमेरुमा दोस्रो उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

 

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘दीर्घ जीवनका लागि खेलकुद’भन्ने नाराका साथ उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिहीबार चन्बेताल खेल मैदानमा आधारभूत विद्यालय स्तरीय दोस्रो उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ को अध्यक्षतामा सञ्चालित प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख अथितिमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य खगराज भट्टले उद्घाटन गरे। गाउँपालिका भित्रका १७ वटा आधारभूत विद्यालयहरूले प्रतियोगीतामा सहभागिता जनाएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रतियोगिता १३ गते समापन हुने गरी खेलहरूसञ्चालन भइरहेको अजयमेरु गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए। गत वर्षबाट गाउँपालिकाले आधारभूत तहका विद्यालयका विद्यार्थीहरूको खेलप्रति रुचि बढाउन उक्त प्रतियोगिता आयोजना गर्न थालेको उनले बताए।

प्रतियोगितामा दौड, कराते, हाइजम्प, लम्जम्पलगायतका खेलहरू खेलाइँदैछ। जिल्लाका ७ वडा स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका बाहेक कुनैले पनि उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न सकेका छैनन्।

कार्यक्रममा विशिष्ट अथितिमा संविधानसभा सदस्य हरि ज्ञावाली, प्रदेशसभा सदस्य शिवसिंह ओली, अथितिमा गाउँपालिकाका उपाध्यक्ष बसन्ती पाल, प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझा रहेका थिए। यसका साथै कार्यक्रममा वडाध्यक्ष, शिक्षक र विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.