उसुमा स्वर्ण पदक जितेकी निताको बस दुर्घटनामा मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा।अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा स्वर्ण पदक जितेकी निता खड्काको बस दुर्घटनामा परि मृत्यु भएको छ । उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा बस दुर्घटना हुदा एक उसु खेलाडी खड्काको मृत्यु भएको हो । सोही घटनामा १२ जना घाईते भएका छन् । धनगढी १२ जुगेडा घर भएकी १८ वर्षीया निता खड्का हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा ५२ केजि तर्फको खेलमास्वर्ण पदक जितेकी थिइन् ।

कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिमस्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै दुर्घटनामा १२ जना घाईते भएका छन्। बसमा सवार अन्य खेलाडीहरु पुष्पा कुँवर, सपना तामाङ्ग,सृजना विसी, मुकेश कार्की,अस्मिता गाहामगर,अभी महतो,हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक तथा निर्णायकहरु खुशीराम चौधरी,राजीव गुप्ता र एलिसा खाती घाइते भई उपचाररत रहेका छन्।
बसमा उखु खेलाडी ३४ जना र अन्य ८ जना सवार रहेका थिए। खड्काको मृत्युको खवरपछि परिवारका सदस्य बुटवल गएका छन् । उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपक बहादुर सिंहले दुर्घटनामा निधन भएका मृतक खेलाडीप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना ब्यक्त गरेका छन् ।

सुदूरपश्चिमको उसु खेलाडी बोकेको बस दुर्घटना,एकको मृत्यु १२ घाइते

यि हुन् सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै उसुमा स्वर्ण पदक जिताउने आलितालका तिन खेलाडी

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.