बालकुमारी घटना:सुदूरपश्चिममा पनि प्रदर्शन,मृतक परिवारलाई २ लाख दिने मुख्यमन्त्रीको घोषणा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली : ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि धनगढीमा प्रदर्शन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी मृतक शाहका आफन्तहरूले प्रदर्शन गरेका हुन् ।उनीहरूले त्यस क्रममा नाराबाजी समेत गरेका थिए । मृतकका आफन्तले न्याय माग गर्दै धनगढी चौराह देखी मुख्यमन्त्री कार्यालय सम्म प्रदर्शन गरेका थिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

ईपीएस कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका मध्ये शुक्रवार २ जनाको मृत्यु भएको थियो । बालकुमारी घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरेका छन् ।

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मृतकका परिवारलाई २ लाख दिने घोषणा गरेका छन् ।

यस अघि शनिवार मृतकका परिवारले ११ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्तिको माग पनि गरिसकेका छन् । आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ|

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.