धनगढी : नेकपा एमाले सम्बद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले अधिवेशनले सम्पन्न गरेको छ । अधिबेशनले अध्यक्षमा मनोज राई सर्वसम्मत चयन गरेको छ । तेस्तै सुदूरपश्चिम प्रदेश कमिटीको संगठन बिभाग प्रमुखको जिम्मेवारी आलितालका मोहन धामीले पाएका छन ।
धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् ।
सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधवार अधिवेशनको उद्घाटन गरेका थिए।