वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको निधन

sc mahendra

माघ ५ वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा उनको निधन हो।

७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन्। नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्। वैद्यले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपा’ प्राप्त गरेका थिए।

१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए। करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए। उनको शुक्रबार पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका दुई छोरी र एक छोरा छन्।

You might also like
Leave A Reply

Your email address will not be published.