परशुराम हुने सर्वाधिक धनराशिको खुला भलिबल प्रतियोगिताको तयारी पूरा,भोली उद्घाटन हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः परशुराम हुने सर्वाधिक धनराशिको खुला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा माघ २२ गतेदेखि सुरु हुने सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको हो ।

भागेश्वर माध्यमिक विद्यालय कटालको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको हो। माघ २२ देखि २५ गतेसम्म चल्ने प्रतियोगिताको सबै तयारी पूरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ ले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनका अनुसार प्रतियोगिताको उद्घाटन प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले गर्ने छन्। विशिष्ट अथितिको रूपमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, उपप्रमुख विमलाकुमारी बोहरा महता, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैनाकुमारी रावल बोहरा आउने विव्यस अध्यक्ष मालले जानकारी दिए।

Dadeldhura Hospital

यसका साथै कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि रहने आयोजकले जनाएको छ। कार्यक्रममा लोक डेउडा गायक रमेश मल्ल, डेउडा तथा हास्य कलाकार जेआर भट्ट र मोडेल डान्सर अनुष्का भण्डारीको प्रस्तुति रहने विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले बताए।

पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ।

खुला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। यो जिल्लाकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हो।

यसअघि जिल्लाका कुनै पनि विद्यालयले एक लाख ५१ हजार वा सोभन्दा बढी पुरस्कार धनराशि भलिबल गरेका छैनन्। विभिन्न विधामा उत्कृष्टलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.