पार्टीले कार्बाही गरे पछि मल्लद्वारा प्रदेश सभा सदस्य पद त्याग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन्।केही दिन अघिमात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य नरहने गरि कार्बाही गरे पछि बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफूहरुलाई पेलेको भन्दै मल्ल समूह रुष्ट बनेको थियो।

Dadeldhura Hospital

केही दिन अघिमात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरि उनलाई कारबाही गरेको थियो। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उनले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त समूहले नेकपा एमालेसँग गठबन्धन समेत गरेको छ। उनीसँगै कांग्रेसको एक समूहले कांग्रेस परित्यागको घोषणा गर्ने तयारी गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.