पाँच चोटी प्रधानमन्त्री पाएको जिल्लाको पुर्वाधार र सामाजिक बिकास हेर्दा लाज लाग्यो:ज्ञानेन्द्र शाही

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेलधुरा , राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले शेर बहादुर देउबाको गृह जिल्ला आउदा आफुलाइ लाज लगेको बताएका छन ।मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहिले पाँच चोटी प्रधानमन्त्री पाएको जिल्लाको पुर्वाधार र सामाजिक विकास हेर्दा लाज लागेर आएको आएकोबताएका हुन , उनले नेपाली काग्रेस नेकपा माओवादी केन्द्रको समुहमा परिणत भएको समेत आरोप लगाएका छन । पत्रकार सम्मेलनमा बोल्दै शाहीले सत्तालोप र कुर्सीबाट बाहिरिने डरले कांग्रेस माओवादीको कब्जामा गएकोे बताउनुभयो ।कांग्रेस देशभर कमजोर रहेको बताउदै शाहीले बर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण आर्थिक प्रलोभन देखाउदै स्वतन्त्र उमेदवार रहेका काग्रेस निकट व्यक्तिलाई फिर्ता बोलाउनमा सक्रिय रहेको बताउनुभयो । धम्की र सत्ताको बलमा उमेदवारी फिर्ता गर्न गृहमन्त्री व्यस्त रहनु लज्जा भएको छ, शाहीले भन्नुभयो ।

Dadeldhura Hospital

कुनै विधि र कानुन नटेकी कांग्रेस पार्टीको निवर्तमान जिल्ला सभापति कर्ण मल्ललाई तानाशाह शैलीबाट कारवाही गरि पार्टीबाट निस्कासित गर्नुले कांग्रेस पार्टी कति लोकतान्त्रीक पार्टी हो भन्ने प्रष्ट पारेको छ । मुलुकमा भ्रष्टाचार गर्नमा लिप्त सरकारले देश आर्थिक भारमा रहेको वाहानामा जेठ १ गते देखी साताको २ दिन बिदा दिने नाटक मञ्चन गरिरहेको उहाँले बताउनुभयो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गोबर, कुहिएको आलु र माटोको मिश्रणको संज्ञा दिदै शाहीले अहिलेको गठबन्धन अपवित्र रहेको बताउनुभयो ।

शाही राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले बैशाख १६ गते जिल्ला सदरमुकामको बसपार्कमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न डडेलधुरा आउनु भएको हो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.