Citizan

गुरुङको भोट माग्ने शैली,सानो कटेज बनाउछु गाउँ मै बस्छु …

suchana alital
Chure
lali

आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार बल बहादुर गुरुङले आलिताल -८ डोला गाउँमा सानो कटेज बनाउने र आफू बस्ने बताएका छन ।
कार्यकर्ता भेटघाको क्रममा गुरुङले भनेका छन । आलितालको डोला गाउँमा आफुले डोला गाउँमै जमिन खरिद गरिसकेको र अब सानो कटेरो बनाइ आफू यहि बासिन्दा भएर बस्ने बताएका हुन । एक कार्यकाल पूरा गरिसकेका गुरुङ आलितालको वडा नं १ निकाने गाउँका स्थायी बासिन्दा हुन ,हुनत उनको सदरमुकाम डडेलधुरामा आलिसान महल बनाइ सकेका छन । सदरमुकाममा आलिशान महल बनाइ सकेका गुरुङ जनजातीले भरिपुर्ण एक सानो गाउँमा आएर बस्छन सक्छन भन्ने सबैमा संकाको बिषय रहेको स्थानियको बुझाइ छ। डोला गाउँमा मगरहरुको छुट्टै सास्कृतिक पहिचान भएता पनि गुरुङले आफ्नो घोषणा पत्रमा तेस्लाइ समेत्न सकेका छैनन । उनले नत मगर भाषा संरक्षणको कुरा गरेका छन नत सस्कृती पहिचानको न त घरेलु मदिरा ब्यबस्थापनको नै। उनले केवल स्थायी बसोबास गर्ने चुनाबी नारा मात्र बनाएको स्थानियको गुनासो छ । उनले डोला गाउँ पुगेर रिङरोड सडक पिच गर्दिने ,बिजुलिका काठको पोल बदली गरि फलामको हालिदिने ,रङुन खोलाको पानीले गाउँको बाझो जमिन भिजाइ दिने सम्मका कुरा बताएका छन । तर जनताले भने उनको त्यो भनाइ चुनाबी एजेन्डा मात्र भएको र आफुहरुको भावना र समस्या संग त्यो कुरा नमिलेको बताएका छन । त्यहाँका जनताले भनेका छन हामिलाइ महत्वपूर्ण बिषय सडक कालो पत्रे भन्दा पनि आफ्नो रोजेरोटी सङ्ग जोडिएको शिपमुलक कार्य,र उत्पादनमुखी योजना खोजेको बताए । एक स्थानियले भने सडक पिच गर्नु भन्दा अगाडी हामिले के खाने भन्ने बिषयमा सोच्नु पर्ने हो नेताले । यता उपाध्यक्षका उमेदवार रहेक जला बोगटीको पनि डोलामा जमिन रहेको छ ।  गुरुङले आफ्नो घोषणा पत्रमा २० युनिट सम्म बिजुली फ्री र  कालाकोट देखि आलिताल सम्मको केवलकारको योजनालाई सम्म समेटेका छन ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.