को हुन् आलिताल गाउँपालिका अध्यक्षमा निर्वाचित पार्की? कस्तो छ उनको राजनितिक पृष्ठभुमि ?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अहिले आलिताल गाउँ पालिका अध्यक्षमा नव निर्वाचित अध्यक्ष शेर सिं पार्कीको निकै चर्चा चलेको छ । एकाएक पालिका अध्यक्षमा निर्वाचित भए पछि पार्की को हुन ? उनको राजनितिक पृष्ठभुमि के हो ? कसरी पालिका निर्वाचित हुन सफल भए भन्ने विषयमा मानिसहरुले प्रश्न गर्न थालेका छन । कसैले उनको सफलतालाइ राष्र्टिय सभा सदस्य जगत पार्की नै उनको पृष्ठभुमि मानेका छन भने कसैले आफ्नै क्षमताको कदर गर्ने गरेका छन । तर आलिताल गाउँपालिकाको अध्यक्ष बनेका पार्कीको राजनितिक पृष्ठभुमि भुमी भने यस्तो छ । उनी  प्रवासको राजनीतिबाट उदाएका हुन्। उनले २०५६ सालदेखि प्रवासमा राजनीति गरे।

उनी २०५७ सालमा प्रवासी नेपाली एकता मञ्चको महासचिव बने। त्यहाँबाट उनी प्रवासको राजनीतिमा सक्रिय रहे। उनी त्यति बेला जनमोर्चा नेपाल नजिक थिए। उनी जनमोर्चा सदस्य थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

०६२/६३ को जनआन्दोलनका क्रममा दिल्लीमा राजदूतावास घेर्नेलगायतका राजनीतिक गतिविधिमा आफू संलग्न रहेको पार्की बताउँछन्। दिल्लीमा १२ बुँदे सहमति हुने बेलामा पनि कुनैन कुनै रूपमा सहयोग गरेको उनको दाबी छ।

‘भारतको हरियणाको फरियाबादमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ताको व्यवस्थापन हामीले गरेछौँ,’ पार्कीले भने, ‘त्यहाँ १२ बुँदेको ड्राफ्ट तयार भएको थियो। हामी बाहिर बसेका थियौं। हाम्रो कार्यालयमा त्यो ड्राफ्ट तयार गरेका थियो।’

०६२/६३ को जनआन्दोलनपछि पार्की लगातार माओवादी केन्द्रका विभिन्न तहमा रहेर काम गर्दै आइरहेका छन्। उनले बामपन्थी राजनीति गर्न थालेको २८ वर्ष पूरा भएको छ।

उनी अहिले माओवादी केन्द्रका आलिताल गाउँ कमिटी उपाध्यक्ष छन्। उनी राष्ट्रियसभा सदस्य जगत पार्कीका सहोदर भाइसमेत हुन्। जगत माइला र शेर साइला भाइ हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.