कैलालीको धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीको धनगढीमा  फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ।
एक लाख अमेरिकन डलर (एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ) लगानी गरेर फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको हो। धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्गसहित एन्फाका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपल हमालबिच आज (शनिबार) सम्झौता भएको हो।

अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न फूलबारीको डिपो बजार नजिक धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जमिनमा कम्तिमा ५ हजार दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता गरिएको छ। एकेडेमी निर्माण गर्न पहिलो चरणमा एक लाख अमेरिकी डलर बजेट विनियोजन गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.