जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा भण्डारी र उपप्रमुखमा ठडाली मगर निर्विरोध

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसको तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन्। भण्डारी अमरगढी नगरपालिका–७ मा वडा सदस्यमा विजयी भएका थिए भने उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी भएकी थिइन्।

Dadeldhura Hospital

मुख्य निर्वाचन कार्यालय डडेल्धुराका अनुसार शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन्।

जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध निर्वाचित भएका छन्। उम्मेदवारहरू निविरोध निर्वाचित भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने बताइएको छ।

दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो। जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो। सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति कांग्रेसकै नेतृत्वमा गठन भएको हो।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, अजमेरु गाउँपालिका उपाध्यक्ष र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो।

नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको थियो। उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो। एमालेले भने यहाँ शून्य छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.