parwat hotel
Citizan

आलितालका मडै १८ दिन देखि सम्पर्क बिहिन :खोजी गरि दिन परिवारको आग्रह

bhageswar small
alital janahit

डडेल्धुरा : डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वार्ड न २ गाङ्खेत गाउँमा बस्नुहुने नैन सिह मडै  १८ दिन देखि सम्पर्क बिहिन भएका  छन।

। उनी एक बिशेश क्षमता भयका मान्छे हुन उनी बोल्न सुन्न नसक्ने ब्यक्ती हुन । मडै सम्पर्क बिहिन भए पछि परिवारले खोजिगरिदिन हुन भन्दै प्रहरी कहाँ खबर गरेका छन ।

glam &
Citizan
lali

उनका आफन्तका अनुसार कंचनपुरको झलारी बजार बाट मिति २०७९/२/६गते बिहान ८ बजे महाकाली यातायात को ७८७३ नम्बरको हाइसमा डोटिको गैरा बजारको जाने भनि आफ्नो यात्रा सुरु गरेका थिए ।तर उनी गैरा बजारमा उत्रेनन । हाइस चालकका अनुसार डडेलधुराको सदरमुकाम डडेलधुरा बजारमा उनलाइ उतारेको बताउछन । डोटीको गैरा बजार झर्नु पर्ने मानिसलाई हाइसले डडेलधुरा किन पुर्यायो त ? विशेष क्षमता भएको (बोल्न नसक्ने )मानिसलाई चालकले डडेलधुरा लगेर किन सम्पर्कै नगरि छोडेर गयो त? यी यावत प्रश्न गर्दै हराएका ब्यक्तीको आफन्तले चालकमाथी नै निजलाइ खोज्ने जिम्मा समेत लागए तर चालक भने तेस दिन एता सम्पर्क बिहिन भएको स्थानिए बताउछन । हराएका ब्यक्तीको खोजी गरि पाउ भनी पटक पटक  जिल्ला प्रहरी कार्यलय नै पुगेका आलिताल २ का वडा अध्यक्ष प्रमोद मल्लले प्रहरीले पनि खोजी कार्यमा सकृयता नदेखाएको गुनासो गरे । उनले भने केहि दिन अगाडि प्रहरी कहाँ आएर खोजी कार्यको लागि चालक लाई जिम्मा दिने र प्रहरीले पनि सहयोग गर्ने भनी कागज बनाए पनि चालक सम्पर्क बिहिन भएको छ अनि प्रहरी निस्कृय अबस्थामा छ कसरी खोजी गर्ने भन्दै आफुहरु निकै समस्यामा रहेको बताए । हराएका ब्याक्ती १८ दिन भइ सक्दा पनि सम्पर्कमा नआए पछि  परिवारमा शंका र चिन्ता रहेको उनको भनाइ छ ।

उनलाइ आफन्तले हाइसमा टिकट बुकिङ गरिदिएको थियो र आज झन्डै ३ साता हुदापनि उनि सम्पर्कमा नआएअपछी परिवार चिन्तामा रहेका छन ।डडेलधुरा  जिल्ला आलिताल गाउपालिका वार्ड न•२ गाङ्खेत स्थायी घर भएका मडै शारिरीक रुपमा बोल्न,लेख्न,पढ्न नसक्ने र कान कम सुन्ने ब्यक्ति हुन ।
अन्दाजि ५० बर्षका मडै शारिरीक वर्ण लालो साथमा हरियो झोला र सेतो जुत्ता लगाएका थिए।

उनलाई कहिँ कतै देख्नु हुने महानुभाबले नजिकै को प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गर्दछौं ।ऊक्त ब्यक्ति लाई परिवारको सम्पर्कमा ल्याइदिने व्यक्तिलाइ बिषेश केहि पुरुस्कारको समेत व्यबस्था गरिने छ।सम्पर्क नमबर:९८४८८२५६४०

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.